जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार बिहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।
विभागले देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्यांङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत गरेको छ । सोमबार भने देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।