दूषित हावा र सतहबाट समेत कोरोना सर्ने

कोरोना भाइरस दूषित हावा र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने कोरोना सतह र हावाबाट समेत फैलिने अध्ययनले देखाएको हो ।

कोरोना भाइरसको माहामारी सतहबाट फैलिएको प्रमाण भने अध्ययनले नदिएको प्रतिवेदन सार्वजनिक गर्ने पत्रिका ‘द साइन्टिस्ट’ले जनाएको छ । अध्ययनको प्रतिवेदनले कोभिड-१९ लामो समय बाँच्न सक्ने देखाएको छ ।



नजिकै खोक्दा तथा हाछ्युँ गर्दा कोरोना सर्ने भन्दै सचेतना अपनाइरहेको अवस्थामा दूषित हावा र सतहबाट समेत बच्नुपर्ने अध्ययनमा संलग्न नेल्तेजे भ्यान डोरेमालेनले बताएका छन ।

अध्ययनकर्ताहरुले सार्स अर्थात कोभिड-२ र कोभिड-१९ भाइरसलाई तुलना गर्दै यसको फैलने अवस्थाका बारेमा अध्ययन गरेका थिए । अध्ययनकर्ताहरुले भने दूषित हावा र पानीको कारण कोभिड-१९ सर्ने संभावना ० दशमलव ११ देखि एक प्रतिशत रहेको बताएका छन् ।

सम्बन्धित समाचार