छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । दिल्लीमा कोरोनाका ७ केस देखिएका छन्, हरियाणामा १४, राजस्थानमा ४ तेलनगनामा एक, युपीमा १२, लद्दाखमा ३, तामिलनाडुमा एक र आन्ध्र प्रदेशमा एकजनामा संक्रमण देखिएको र केही स्थानमा संक्रमण देखिएकाहरुलाई निको भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसबैबीच इरानमा फसेका २३६ भारतीयलाई शनिवार स्वदेश ल्याइएको छ । कोरोनाको खतरालाई मध्यनजर गर्दै करतारपुर कोरिडोर पनि बन्द गरिएको छ ।
यसबीच कोरोना संक्रमणबाट जोगिन केन्द्र सरकारले स्थलमार्गबाट आउने नाकाहरु बन्द गरेको छ । नेपाल भारत, भारत बंगलादेश, भारत भुटान, भारत म्यानमारको सीमालाई सिल गरिएको छ ।
भारत र नेपालको सीमा जोडिएको र सीमामा हुने आवतजावतले नेपाल पनि उच्च जोखिममा रहेको छ यद्यपि भारतले स्थलमार्गहरु सिल गरेको छ ।