पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारको ध्यान त्यतातिर लाग्नुपर्ने बताएका छन् ।
उनले शनिबार एक ट्वीट गर्दै केही दिनरहप्ताका लागि विद्यालय बन्द गर्न सरकारले हेल्चेक्र्याईं गरिरहेको उल्लेख गरेका हुन् । सो ट्वीटमार्फत उनले छोराछोरीको जीवन प्रमुख कि परीक्षा भन्दै प्रश्नसमेत सोधेका छन् ।
ट्वीटमा उनले भनेका छन्‚ ‘कोरोना भइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सिमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिनरहप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको होरु छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?’
कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?
— Baburam Bhattarai (@brb1954) March 14, 2020