स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यस बर्षको एसइइ परिक्षा सर्न सक्ने संकेत गरेका छन् । आइतबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ढकालले आगामी चैत्र ६ गतेदेखि तय भएको इसइइ परिक्षा सर्न सक्ने बताएका हुन् ।
छिमेकी मुलुक चीन हुँदै भारतमा समेत कोरोनाभाइरस देखिन थालेपछि त्यसबाट जोखिनका लागि विद्यालयहरु बन्द गर्नुपर्ने स्थिति आउनसक्ने मन्त्री ढकालले बताएका हुन् ।
‘एसईई परीक्षा चैत ५ गते पछाडि सञ्चालन हुँदैछ । चैत ४ गतेसम्मको अवस्था हेर्दाखेरि छिमेकी मित्र राष्ट्रहरुसँग आइपुगेको त्यो संक्रमण यहाँ भित्रियो भने त्यो जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपर्छ, त्यसमा कुनै दुविधा रहेन तर अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने खालको कुरा छ’, मन्त्री ढकालको भनाइ छ । तर अहिलेकै अवस्था रहेमा परीक्षा स्थगित नहुने उनले स्पस्ट पारे ।