कोरोना भाइरसविरूद्ध सेनाको तयारी

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि नेपाली सेनाले पूर्व तयारी थालेको छ । पूर्व तयारी स्वरूप सैनिक मुख्यालय भद्रकालीस्थित फुटबल मैदानमा ५४ अस्थायी टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ ।

उक्त नमूना क्वारेन्टाइनस्थलमा सातै प्रदेशमा रहेका सैनिक मेडिकल टिम सहभागि हुने र उनीहरूलाई तालिम दिइने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनले कोरोना भाइरसको संक्रमण देखिएमा कसरी रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ भनेर मंगलबार सेनाका स्वाथ्यकर्मीलाई तालिम दिन लागिएको बताए ।



यदि कोरोना भाइरसका संक्रमित भइहाल्यो भने संक्रिमितलाई कहाँ राख्ने ? कसरी राख्ने ? त्यसका लागि क्वारेन्टाइन कस्तो हुनुपर्छ र कसरी संक्रमितहरूको उपचार गरिन्छ भनेर डेमोस्ट्रेसन देखाउन नमूना क्वारेन्टाइन बनाइएको प्रवक्ता पाण्डेले बताए ।

कोरोना संक्रमितहरूको उपचारका लागि सैनिक अस्पताल छाउनीमा दश शय्याको आइसोलसन कक्ष निर्माण गरेको सेनाले नेपालगञ्ज, इटहरी र पोखरामा पनि आइसोलेसन कक्ष निर्माण गर्न लागिरहेको जनाएको छ ।

सम्बन्धित समाचार