कोरोनाले बलिउड पनि ठप्प

कोरोना भाइरसको संक्रमणले बलिउडलाई पनि ठुलो असर गरेको छ । तत्कालका लागि सबै फिल्मको रिलिज बन्द गरिएको छ भने देशका धेरै जसो सिनेमा हल समेत बन्द भएका छन् ।

यसैबीच कोरोनाको संक्रमणलाई ध्यान दिदै बलिउडका सबै गतिविधि बन्द भएका छन् । बलिउडको फिल्मसँग सम्बन्धि संघ, मोसन पिक्चर्स प्रोड्युसर एसोसियसन, कलाकार संघ, फिल्म तथा टेलिभिजन निर्देशक संघको संयुक्त बैठकले सबै फिल्म र टिभी सिरियलको शुटिंग मार्च १९ देखि मार्च ३१ सम्म बन्द गर्ने निर्णय गरेको छ ।



आइतबार भएको यो निर्णयपछि अब कोरोनाका कारण पुरै बलिउड बन्द हुने भएको छ । बैठकले १८ मार्चसम्म अहिले बाँकी रहेको काम सकाउने समय दिएको बताइएको छ । साथै बैठकले ३० मार्चमा फेरी बैठक गरेर अवस्थाको विश्लेषण गर्ने र अर्को निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित समाचार