कोरोना भाइरसको परीक्षण अब घरबाटै

कोरोना भाइरसबाट विश्वभरका मानिसहरु आक्रान्त भइरहेका बेला यसको परीक्षण अब घरबाटै गर्न मिल्ने गरीको तयारी सुरु भएको छ ।  कोरोनाभाइरसको परीक्षणका लागि गुगलले एक नयाँ वेबसाइट बनाउँदैछ । यो वेबसाइटले काम गरेमा कोरोनाको परीक्षणबारे आवश्यक जानकारी घरमै मिल्ने दाबी गरिएको छ ।

गुगलको यो वेबसाइट एक भाइरस ट्राइएज टूल हो । यसलाई गुगलअन्तरगतको कम्पनी वर्लीद्धारा विकसित गरिँदैछ, जुन अल्फाबेटको एक स्वास्थ्य निरी्क्षणको इकाई हो । यो वर्लीको प्रोजेक्ट बेसलाइनको हिस्सा हुनेछ । गुगलको यस भाइरस परीक्षण वेबसाइट हाल प्रारम्भिक चरणमा रहेको छ । सोमबार पहिलो पटक यसलाई सन फ्रान्सिस्कोको तटिय क्षेत्रका लागि लन्च गरिनेछ ।



शुक्रवार ह्वाइट हाउसको रोज गार्डेनमा भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल हाल कोरोना भाइरसको परीक्षणका लागि एक वेबसाइटमा काम गरिरहेको र यसमा गुगलको १,७०० इन्जिनियरहरु काम गरिरहेको बताएका थिए ।

यो वेबसाइटले मानिसहरुमा कोरोना परीक्षण गर्नुपर्ने आवश्यकता रहे नरहेको पत्ता लगाउन सहयोग गर्ने बताएका थिए ।

सम्बन्धित समाचार