अब काेराेनासँग डराउनु पर्दैन, खोप आज परीक्षण हुँदै

चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ ।

विश्वव्यापी प्रकोपको रुप लिएको कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको आज (सोमबार परीक्षण) हुने भएको हो । यो खोप लिन स्वस्फूर्त रूपमा तयार भएका व्यक्तिलाई यो खोप दिइने छ । यो परीक्षण खोप लिन ४५ जना स्वतःस्फूर्त रूपमा तयार भइसकेका छन् ।



बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण ९क्लिनिकल ट्रायल० शुरु गर्न लागिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने थाहा पाउन परीक्षण गर्न लागिएको हो । यस खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

सम्बन्धित समाचार