कुपुत छोराबाटै बाबुआमाको हत्या भएको खुलासा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरुकै छोराबाट भएको खुलेको छ । कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पत्तिको हत्यामा संलग्न भएको आरोपमा उनीहरुकै छोरा भरत भण्डारीलाई पक्राउ गरेपछि सो कुरा बाहिर आएको हो।

भरतलाई पक्राउ गरिएको पुष्टि गर्दै कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले भने, ‘हामीले भरतलाई हिजो डडेल्धुराबाट पक्राउ गरेका छौं । उनले हत्या स्वीकार गरिसकेको अवस्था छ।’ भण्डारी दम्पत्ति गत फागुन १५ गते उनीहरुकै घरमा मृत भेटिएका थिए।



धनाले नजिकै रहेको आफ्नो माइतबाट सधैं दूध ल्याउने गरेकी थिइन् । तर फागुन १५ गते उनी दूध लिन नआएपछि फुपुकी छोरी पार्वती रावल धनाको घर पुगेकी थिइन् । त्यतिबेला भान्साकोठामा धना रक्ताम्य अवस्थामा मृत भेटिएकी थिइन् । दुवै जनालाई घाँटी र टाउकामा प्रहार गरेर हत्या गरिएको थियो ।

अर्को कोठाको खाटमा जयलाल पनि रक्ताम्य ढलेका थिए । मृत जयालालसँगै उनकी ६ महिने छोरी चिच्याउँदै कराइरहेकी थिइन् । त्यसपछि करिब १२ बजे दिउँसो यस घटनाबारे जानकारी गराइएको थियो । तर भरतलाई पक्राउ गरिसकेपछि उनीहरुको हत्या भने फागुन १४ गते राति भएको पुष्टि भएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या भएको भन्दै अनुसन्धान गरेको थियो । दुई हत्पा लामो अनुसन्धान पछि उनकै छोराबाट हत्या भएको खुलेपछि पक्राउ गरिएको छ ।

६ महिने शिशु समेत घाइते

भरतले बाआको हत्या तर गरे । सँगै रहेकी उनकी बहिनी तथा जयलालकी ६ महिने छोरी ममता समेत घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको मावली पक्षले कैलालीस्थित माया मेट्रो अस्पताल उपचार गराएका थिए ।

शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो। सिटीस्क्यान रिपोर्टले शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको थियो ।

चोटले मस्तिकमा पनि असर परेको छ । छातिमा निमोनियाको संक्रमण भएको थियो । अहिले भने शिशुको अवस्था सामान्य बन्दै गएको छ।

सम्बन्धित समाचार