‘पोर्न’ व्यापारको धन्दा : कोरोना महामारीमा गाउन र मास्क लगाएर यौनसम्पर्क

अहिले संसारभर करिव १५५ देशमा कोरोना भाइरस फैलिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसबाट १ लाख ५९ हजार ४ सय १५ जना सङ्क्रमित भएका छन् भने यो भाइरलका कारण ६ हजार ६ सय जनाको मृत्यु भइसकेको छ ।

यही मौका छोपेर पछिल्लो समय थुप्रै पोर्न साइटहरुले ‘मास्क’ र भाइरलबाट जोगिने गाउन, अर्थात् ‘सूट’ लगाएर यौन सम्पर्क गरिराखेका भिडिओहरु पोस्ट गरेका छन् । ‘डिसर्टेड वुहान’, ‘टीएसए एजेन्ट डिटेन्स वुमन सस्पेक्टेड अफ कोरोना भाइरस’ जस्ता टाइटलका भिडिओहरु अहिले पोर्न साइटहरुले पोस्ट गरेको कुरा डेलीमेलले जनाएको छ ।



अहिले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र नै धराशायी भैरहेको बेला ‘पोर्न साइट’हरुले भने यसलाई आफ्नो कमाउने अवसर ९धन्धा० बनाएका छन् । जसरी मानिसहरु ‘हरर मुभी’सँग नजिकिन्छन् त्यसै गरी कोरोना भाइरसको विषयसँग आकर्षित भएको पोर्न मुभी निर्माताहरुको अचम्मको तर्क समेत रहेको छ ।

कोभिड–१९ ले विश्वभर त्राससँगै अधिक रहस्य निम्त्याउने पनि उनीहरुको भनाइ छ । अहिले इटलीमा किस र हग गर्न प्रतिबन्ध लगाएपछि यस्ता भिडिओ निर्माण गर्न थालेको समेत बताइन्छ । पिपीइ अर्थात् विशेष खालको सूट, फेस मास्क तथा हस्पिटल गाउन जस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ ती साइटले उत्पादन गरेका हुन् ।

सम्बन्धित समाचार