ललिता निवास प्रकरण: अभियुक्त पौडेललाई थुनामा पठाउन आदेश

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणका अभियुक्तमध्येका एक कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूवमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको छ।



पौडेल तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका अधिकृत हुन् ।

सम्बन्धित समाचार