नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।
रावलले त्रिभुवन विश्वविद्यालयबाट नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व अर्थात् ‘पोलिटिकल भाइअलन्स एण्ड दि माओइस्ट इन्सर्जेन्सी इन नेपाल’मा विद्यावारिधि गरेका हुन् ।
रावल २०३८ सालका त्रिवि स्नातकोत्तर तहका राजनीतिशास्त्रका स्वर्ण पदक विजेता पनि हुन् । पछिल्लो समय उनी नेकपाभित्रका प्रतिक्षी जस्तो देखिन्छन् । सरकारका हरेक कामलाई प्रतिपक्षलेजस्तो खबरदारी गर्ने भएकोले उनलाई नेकपाभित्रको प्रतिपक्षी नेताको रुपमा लिइन्छ ।