अमेरिकन आइडलमा दिवेशले तहल्का मच्चाउँदै (भिडियाे सहित)

नेपाली युवा गायक दिवेश पोखरेल (अर्थर गन) ले अमेरिकन आइडलको हलिवुड वीकमा आफ्नो प्रस्तुति दिएका छन् । सोमबार प्रशारण भएको दिवेशको प्रस्तुतिमा अमेरिकन आइडलका जजहरुले उनको प्रस्तुतिलाई निकै मन पराएका थिए ।

दिवेशले हलिवुड राउण्डमा १९६८ मा अमेरिकन गायक ओटीस रेडीङको सुपर हिट गीत ुहार्ड टू ह्यान्डिलु गाएका थिए । उनको प्रस्तुतिपछि जजहरुले पुरा गीत गाउन अनुरोध गरेका थिए । दिवेशले प्रस्तुति दिदा जजले उठेर उनको सम्मान गरेका थिए ।



जज लियोनल रिचीले दिवेशको प्रस्तुतिले आफुलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिदै उनको प्रसंशा गरेका थिए । यस अघि फागुनको पहिलो सातामा भएको अडिसनबाट छनोटसँगै उनको चर्चा एकाएक बढेको थियो ।

अमेरिकामा आफ्नो नाम अर्थर गन राखेका दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतिबाट आइतबारको अडिसन पुगेका २१ वर्षीय दिवेशले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाएका थिए । साहित्यमा नोबेल पुरस्कार विजेता यी महान संगीतकार डिलनले सन् १९६३ मा यो गीत रेकर्ड गराएका थिए ।

दिवेशको प्रस्तुतिबाट प्रभावित निर्णायक केटी पेरी, लियोनल रिची र लुक ब्रायनले आँखा खोलेर निर्णायकलाई या गितारलाई हेरेर अर्को गीत गाउन लगाएका थिए, जहाँ उनले क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाएका थिए ।

https://youtu.be/-k_2lLFhbWE

सम्बन्धित समाचार