नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत्र ।
घरमा रहेको सोलार सेटबाट आगलागी हुँदा लाखौंको क्षति भएको छ । बझाङ जिल्लाको मस्टा गाँउपालिका वडा न ६ रिलुका मदन बोहोराको तीन तलेघरमा घरमा सोमबार दिउँसो २ बजेतिर आगलागी हुँदा लाखौंको क्षती भएको हो ।
सोमबार दिउँसो घरमा कोही नभएको बेला घरमा रहेको सोलारको सेटबाट आगलागी भएको हुन सक्ने वडा नं. ६ का वडा अध्यक्ष गोरख बोहोराले नवकान्तिपुर डटकमलाई जानकारी दिए ।
वडा अध्यक्ष बोहोराले आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेको धनमाल सबै जलेर नष्ट भएकाले करिब चालीस लाख बराबरको क्षति भएको बताए । पीडित परिवारलाई आफूले पनि गाँउपालिकाबाट केही राहतको पहल गर्ने अध्यक्ष बोहोराले बताए ।
दिउँसो २ बजेतिर भएको आगलागी स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।