कोरोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जुध्न रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकी वयस्कलाई एकहजार डलर दिने प्रस्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको छ ।
अमेरिकी संसदले सन् २००१ र सन् २००८ को आर्थिक मन्दीका बेलामा पनि यस्तै व्यवस्था गरेको रोम्नीले जनाएका छन् । त्यसका अतिरिक्त रोम्नीले प्रभावित साना विजनेशहरुलाई सहयोग उपलब्ध गराउने पनि प्रस्ताव तयार पारेका छन् ।