प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि भोलि पहिलो पटक पार्टीको सचिवालय बैठक बस्ने भएको छ।
अपह्रान्ह ४ बजेका लागि बैठक बोलाइएको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छलफल हुने श्रेष्ठले बताए।
आज सचिवालय बैठक बोलाउने सम्वन्धमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा समसामायिक राजनीति र नेकपाको आगामी कार्यनीतिको बारेमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।