नेपाल र इङल्याण्डको ‘सी’ टिम बीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाली राष्ट्रिय फुटबल टिम र इङल्याण्डको ‘सी’ टिम बीचको मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल एसोशियसन (एन्फा) ले नेपाल र इङल्याण्डको सी टिमबीच बेलायतमा आगामी मे २५ मा हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको छ ।

विश्वभर महामारी बनेपछि यो खेल स्थगित भएको एन्फाले जानकारी दिएको छ । नेपालले इङल्याण्डको सी टिमसँग २०२१ मा नेपालमा खेल्ने खेल भने स्थगित नभएको एन्फाले जानकारी दिएको छ ।



कोरोनाबाट सावधानी अपनाउँदै एन्फाले आफ्ना सबै खेल गतिबिधि एक साताका लागि बन्द गरेको छ ।

सम्बन्धित समाचार