सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ ।
८७ वर्षीय श्रेष्ठको बुधबार (आज) बिहान उपचारको क्रममा निधन भएको हो । सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए ।