सेनिटाइजर कालोबजारी गर्ने पनि पक्राउ पर्न थाले

प्रहरीले कोरोना भाइरस प्रकोपको मौकामा सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ११ हजार चार सय ५५ थान मास्क र १ हजार पाँच सय पाँच बोतल सेनिटाइजरसहित पर्साका ३५ वर्षीय रुपेस रौनियार, नुवाकोटका २५ वर्षीय पुरुषोत्तम अधिकारी र अर्घाखाँचीकी ३० वर्षीय मिना घिमिरेलाई पक्राउ गरेको हो।



उनीहरु छुट्टाछुट्टै स्थानमा विभिन्न परिमाणको मास्क र सेनिटाइजरसहित पक्राउ परेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार