‘प्यारासाइट’ हिन्दी भाषामा रिलीज हुँदै

सन् २०१९ मा विश्वमा सबै भन्दा धेरै प्रशंसा बटुलेको कोरियाली चलचित्र “प्यारासाइट” अब सिनेमाघरपछि मोबाइलमा पनि देख्न सकिन्छ । अमेजन प्राइम भिडियोले यस फिल्म उपभोक्तालाई मध्यनजर गर्दै कोरियाली अंग्रेजी सबटाइटलको साथमा हिन्दी भाषामा आफ्नो प्ल्याटफर्ममा २७ मार्चबाट प्रसारित हुँदैछ।

सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ निर्देशन, सर्वश्रेष्ठ ओरिजिनल पटकथा र सर्वश्रेष्ठ अन्तराष्ट्रिय फिचर फिल्मको शीर्ष चार श्रेणिमा ओस्कर जितेर फिल्म ‘प्यारासाइट’ ले ओस्करको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाएको छ ।



यस चलचित्र एक परिवारका चार बेरोजगार सदस्यको कथा हो । यस परिवारको एक छोराले परिवारको राम्रो भविष्यको आशामा ट्यूशन पढाउने काम गर्ने निर्णय गर्छ । त्यसपछि उसले आफ्नो घरको सबै सदस्यलाई त्यस धनाढ्यको घरमा काम मिलाउछ र उनीहरु एउटा परजीवी ‘प्यारासाइट’ जस्तै त्यस घरलाई आफ्नो घर बनाउन थाल्छन् । त्यस पछिको कथा चलचित्रको मुख्य कथा हो ।

बोङ्ग जुन हो को लेखाइ र निर्देशनमा बनेको यस फिल्मको प्रशंसा सुनेपनि कतिपय यसलाई हेर्न वन्चित रहे । किनभने यस फिल्म मुल रूपमा कोरियाली भाषामा रिलीज भएको थियो ।

अब भने हिन्दी भाषामा यस चलचित्र डब भएर मोबाइलमा रिलिज हुने भएको छ ।

सम्बन्धित समाचार