यी बलिउड चलिचित्र फेरी रिलिज हुने

कोरोना भाइरसको शिकार भएका बलिवुडका दुई फिल्म बागी-३ र अंग्रेजी मिडियम फेरी रिलिज हुने भएका छन् ।

भारतमा कोरोना संक्रमण बढ्दै जाने संकेत देखिएपछि सरकारले देशभरका सिनेमा हल बन्द गरेपछि बागी-३ र अंग्रेजी मिडियमको प्रदर्शन रोकिएको छ । बागी-३ ले रिलिजको एक साता पुरा गर्दै बक्स अफिसमा शानदार कमाई गरिरहेकै अवस्थामा बन्द हुनु पर्यो । बागी-३ ले बक्स अफिसमा ९२ करोड ९५ लाख कमाई गरिसकेको छ ।



त्यस्तै अंग्रेजी मिडियम भने रिलिजको तेस्रो दिनदेखिन बन्दको मारमा परेको थियो । अंग्रेजी मिडियमले केवल ९ करोड मात्र कमाई गरेको छ । अंग्रेजी मिडियम मार्च १३ मा रिलिज भएको थियो थियो भने बागी(३ मार्च ६ मा रिलिज भएको थियो ।

दुवै फिल्मका निर्माताहरुले फिल्मलाई फेरी रिलिज गर्ने तयारी गरेका छन् । यसका लागि दुवै फिल्मले मार्केटिंग र प्रमोशनमा थप रकम खर्च गर्नुपर्ने अवस्था आएको छ । देशभर त्रासको अवस्था रहेकाले यो अवस्था सकिने आँकलन गर्दै दुवै फिल्मका निर्माताले फिल्म फेरी रिलिजको योजना बनाइरहेका छन् ।

सम्बन्धित समाचार