शनिबारदेखी मनकामना मन्दिरको केवलकार बन्द हुने

कोरोना भाइरसले विश्वभरि तहल्का मच्चाइरहेको छ । अहलिेसम्म नौ हजार मानिसको मृत्यु भइसकेको छ । यसको नियन्त्रणको लागि सोसियल डिस्टेन्स अपनाउनुपर्ने विज्ञहरुको सललाह छ । त्यही अनुरुप विश्वभरि नै मानिसहरु जमघट हुने स्थलहरुलाई बन्द गरिएको छ । भारतमा पनि प्रसिद्ध मन्दिर, मस्जिद, चर्च लगायतका क्षेत्रहरुलाई बन्द गरिएको छ ।

यही सनदर्भमा गोरखाको प्रशिद्ध धार्मिक स्थल मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द हुने भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण मनकामना मन्दिरको केवलकार बन्द गर्न लागिएको जनाइएको छ ।



मनकामना मन्दिरको केवलकार चैत ८ गतेदेखि बन्द गरिने बताइएको छ । केवलकार बन्द हुने समयभर कर्मचारीहरुलाई बिदा दिइने जनाइएको छ । चैत मसान्तसम्म केवलकार बन्द हुँदा ५ करोड बराबरको नोक्सानी हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार