डाक्टरले घर पठाएका बिरामीको कोरोनाका कारण मृत्यु

विश्वव्यापी संक्रमणका रुपमा फैलिएको करोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २ सय १८ पुगेको हो । हालसम्म अमेरिकामा १४ हजार ३ सय २१ जना संक्रमित भएका छन् ।

अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६८ पुगेको छ । न्युयोर्कमा थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या २२ पुगेको छ ।



यसैबीच न्युयोर्कको क्वीन्समा एकजना ७६ बर्षका पुरुषको कोरोना संक्रमणबाट घरमै मृत्यु भएको छ । अस्पतालले उनलाई सेल्फ क्वारेन्टाइनका लागि घर पठाएको थियो । टेओडोसियो टोरस नामका ती व्यक्तिमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ ।

केही दिन अघि अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई घरमा आइसोलेसनमा बस्न फर्काइएको थियो ।

सम्बन्धित समाचार