लकडाउन गर्ने सरकारकाे तयारी, प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना संक्रमणबाट बच्न सरकारले आह्वान गरिसकेको अवस्थामा प्रधानमन्त्ती ओलीले सम्बोधन गर्न लागेका हुन् ।

उनका प्रेस सल्लाहाकार सूर्य थापाले सिंहदरबार वा बालुवाटारमध्ये एक स्थानबाट सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘स्थान अहिले निश्चित भइसकेको छैन। निश्चित भएपछि खबर गरौंला ।’



कोरोना संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा धेरै भेला नुहुन निर्देशन दिएको छ । त्यस्तै अन्तराष्ट्रिय आवात जावात बन्द गर्ने, एसईईलगायत सबै परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ । त्यस्तै अदालतसमेत दुई हप्ताका लागि बन्द हुने भएको छ । कोरोना भाइरसबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हिंजो साँझ सवा ८ बजे कोरोना भाइरससँग कसरी जुध्ने भन्ने सम्बन्धमा देशवासीको नाममा सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार