बलिउडकी प्रसिद्ध गायिका कनिका कपूरलाई कोरोनाभाइरस लागेको छ । उनी शनिवार लन्डनबाट लखनउ आएकी थिइन् ।
विमानस्थलमा उनी ग्राउन्ड स्टाफसँग मिलेर वाशरूमबाट भागेको बताइएको छ । कनिकाले आइतवार लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एक पार्टी आयोजना गरेकी थिइन् र त्यसमा लखनउका ठूला अधिकारी र अनेकौं नेता थिए ।
अहिले कनिकाको पूरै अपार्टमेन्टमा हडकम्प मच्चिएको छ ।