मौसम पूर्वानुमान: आज पनि चट्‍याङसहित क्षणिक बर्षा

आज अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको पनि महाशाखाले जनाएको छ।

अपरान्ह पश्चात देशका केही स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ । महाशाखाका अनुसार देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।



सोमबार पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मंगलबार भने देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार