भारतमा आज जनता कर्फ्‍यू, नेपालमा कहिले ?

भारतमा आइतबार बिहानैदेखि ‘जनता कर्फ्यू’ लागेको छ । बिहान ७ बजेदेखि राति ९ बजेसम्‍म ‘जनता कर्फ्यू’को आदेश पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै कोरोना संक्रमणसँग जुध्नका लागि जनता आफैले ‘जनता कर्फ्यू’को पालना गर्न अपील गरेका थिए । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।



‘जनता कर्फ्यू’का कारण भारतका शहरहरु सुनसान छन् । रेल तथा बस सेवाहरु बन्द छन् । अधिकांश शहरहरुमा लकडाउनको स्थिति छ। राजधानी दिल्लीमा सडकमा निस्केका केही मानिसहरुलाई ‘जनता कर्फ्यू’को पालना गर्न भन्दै प्रहरीले फूल उपहार दिएर घर पठाएको छ ।

मोदीले ‘जनता कर्फ्यू’को दौरान बेलुकी पाँच बजे घण्टी तथा थाल ठटाएर कोराना भाइरसविरुद्ध एकजुट रहेको सन्देश प्रवाह गर्न आफ्ना नागरिकलाई अपील गरेका छन् ।

 

सम्बन्धित समाचार