विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आजदेखि देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्यावश्यक बाहेक सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने बताएका थिए । सरकारले सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रवाह हुने १९ प्रकारका सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गरेको छ । ती सेवाहरु भने बन्द हुने छैनन् ।
सरकारले राजपत्रमा प्रकाशन गरी तोकिएका अत्यावश्यक सेवाहरु निम्नानुसार छन्,
प्रधानमन्त्रीको घोषणाअनुसार गृह मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न मातहतका सबै निकायलाई निर्देशन दिइएको बताएको छ । सरकारले आइतबारदेखि नै अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि बन्द गरेको छ । चैत १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने छन् ।
यस्तै, सोमबार ९चैत १०० गतेदेखि लागू हुने गरी लामो दूरीका सार्वजनिक सवारीका साधनहरु समेत बन्द हुने भएका छन् । सरकारले तोकेको मापदण्डअनुसार सोमबारदेखि २ सय ५० किलोमिटरभन्दा बढीको दूरीसम्म सिधै सेवा दिने सार्वजनिक बसहरु बन्द हुनेछन् ।