वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएपछि वीरगञ्ज महानगरले आकस्मिक बैठक बोलाएको छ । एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने र कोरोनाबारे अन्य आवश्यक निर्णय लिन बैठक बोलाइएको हो ।
वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको थियो । केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।