आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि बिहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।



प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। आकस्मिक रुपमा बसेको बैठकले कोरोनासम्बन्धी थप रणनीति बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

सम्बन्धित समाचार