नेपाल भारत सीमा बन्द हुँदा ३ सय बढी नेपाली अलपत्र

कोरोना भाइरसको त्रासले भारतको विभिन्न स्थानबाट घर फर्कदैं गरेका ३ सय बढी नेपाली रुपैडिहामा अलपत्र परेका छन । सात दिनका लागि सिमा बन्द गरेपछि नानपारादेखि सोमबार बिहान मात्र घर फर्किएका नेपाली भारतको रुपैडिहामा अलपत्र परेका हुन् ।

दिल्लीबाट बाँकेको खजुरा आउन लागेका शिव पौडेलले घर आउन पाइने हो या होइन भन्ने बारेमा कसैले जानकारी नदिएको गुनासो गरेका छन । भारतिय एसएसपीले नेपालबाट जान दिए छाडिदिने बताउने गरेको पौडेलले बताए ।



नेपालतिरबाट प्रवेश रोक लगाएकाले आफुहरु आफ्नो देश फर्कन पनि नपाएको यात्रुहरुको गुनासो छ । यात्रुहरुले आफुहरु नेपालमै आएर क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका छन । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अलपत्र परेका नेपालीहरुलाई के गर्ने भन्ने बारेमा छलफल भैरहेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खड्काले झण्डै ३ सय जनालाई स्वारेन्टाइनमा राख्ने सम्भव नै नरहेकाले तत्काल केहि गर्न नसकिने प्रतिक्रिया दिएका छन । नाकामा अहिले नेपाली प्रशासनले उता रोकिएका नेपालीहरूको लागि खाना, पानी ब्यवस्थापन गर्दै गरेको छ ।

सम्बन्धित समाचार