नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत्र ।
काठमाडौंमा एक जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ । सोमबार स्वास्थ्यमन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा संक्रमण देखिएको बताइएको हो ।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ‘१९ वर्षीय एक किशोरीमा संक्रमण देखिएको हो । उहाँ फ्रान्सबाट आउनु भएको हो । उहाँ विद्यार्थी हो ।’
होम क्वारेन्टाइनमा रहेकी उनको हिजो टेकुको प्रयोगशालमा स्वाब परीक्षणमा पोजेटिभ देखा परेको मन्त्रालयले जनाएको छ । यसअघि एक जना चीनबाट फर्किएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो । तर उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।