पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफ्नो एक महिनाको तलब कोरोनाविरुद्धको सरकारी कोषमा जम्मा गर्ने भएका छन् । नेकपा सांसद बाँस्कोटाले ट्विटरमार्फत् एक महिनाको तलब कोरोना विरुद्ध लड्ने कोषमा जम्मा गर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘जसले जसरी लिउन्, त्यो उसको आग्रह वा बुझाइको सीमा भित्र हो । तर, मेरो एक महिनाको तलब कोरोना विरुद्धको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’
घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए ।