कोभिड-१९ को लक्षण देखिएपछि चार बालकलाई कान्तिबाल अस्पतालमा आइसोलेसनमा राखिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी चारजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार भर्ना भएका बालक १४ वर्षीय र सोमबार भर्ना भएका बालकहरु क्रमशः साढे चार र चार वर्षका छन् । उनले भने, ‘आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबईबाट फर्किएका थिए । यसका साथै सोमबार एक बालका काका चीनबाट र अर्का बालकका बाबु कतारबाट फर्किएका रहेछन् । उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । सोमबारै अर्का एक बालक पनि थपिएका छन् । उनीहरुको परीक्षण गरेर आइशोलेनमा राखिएको छ । उनीहरुको पूरै रिपोर्ट आएको छैन ।‘
चारै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको निर्देशक डा। पौडेलको भनाई छ ।