रिचार्जरबाट सामान किन्दा फेस मास्क र सेनिटाइजर निःशुल्क

मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई मास्क तथा सेनिटाइजर निःशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ ।

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले ‘कोरोना भाइरस (कोभिड -९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन गरेका अवस्थामा सर्वसाधारणको आवश्यक्ता पूरा गराउन यस्तो अभियान चलाएको बताए ।



बजारमा मास्क र स्यानिटाइजरको अभाव भइरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । मोबाइलफोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र सेनिटाइजर निशुल्क पाउने कम्पनीले जनाएको छ ।

यस्तै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइलएप बाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । किस्ताबन्दीमा सामान खरिद गर्न चाहनेहरुले शून्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवा प्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचार