अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेनेछ ।
देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
विहीबार पनि देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।