नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण

नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको एकजना विरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६ सय ८७ जनामा कोरोना संक्रमणको आशंका नमूना परीक्षण गरिएको थियो । जसमध्ये ३ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६ सय ८४ जना नेगेटिभ देखिएको छ ।



पहिलो पटक गत माघ ९ गते चीनबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । दोस्रो केसका रुपमा चैत ४ गते फान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया छात्रामा कोरोनाको संक्रमण देखिएको छ । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछिल्लो पटक पुनः एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएपछि संक्रमित व्यक्ति कुन ठाउँका हुन् र कुन अस्पतालमा उपचार गराइरहेका छन् भन्ने विषय भने खुलाइएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी खाडी मुलकबाट केही दिन पहिला नेपाल आएका थिए ।

सम्बन्धित समाचार