पोखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ। भारतको हैदरबादबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएका ५० वर्षीय पुरुषको मृत्यु भएको जानकारी रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दिएका छन् ।
भारतको हैदरावादबाट फर्किएपछि रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो । क्वारेन्टाइनमा राखिएकै अवस्थामा गम्भीर बिरामी भएपछि उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा उनको बाटैममा मृत्यु भएको हो ।
ती व्यक्ति १२ दिनअघि हैदरावादबाट रुपा गाउँपालिकास्थित घर फर्किएका थिए। तर उनलाई कोरोना आशंकमा मंगलबारदेखि गाउँकै क्वारेन्टाइनमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनी मुटु रोगी थिए । उनको कलेजोमा पनि पानी जमेको बताइएको छ । पोखरा ल्याउने क्रममा ती पुरुषको मृत्यु भएको पुष्टि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले पनि गरेका छन् ।
ती पुरुषको मृत्युको कारण खुलिसकेको छैन। उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेकाले मृत्युको कारण कोरोना संक्रमण या अरु कुनै कारण खुल्न नसकेको हो ।