लकडाउन उल्लंघन गर्ने १०६३ सवारी साधन काठमाडौंबाट नियन्त्रण

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका ९ सय २९ वटा दुई पाङ्ग्रे र १ सय ३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १ हजार ६३ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।



नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

सम्बन्धित समाचार