प्रधानमन्त्री ओली डिस्चार्ज, यस्तो आयो स्वास्थ्य रिपोर्ट

विहीबार राती अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । डिस्चार्ज भएर उनी बालुवाटार फर्किएका हुन्। मुटुमा समस्या देखिएपछि उनी मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।

उपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले बताए । मुटुको चालमा गडबढ आएपछि उनी विहस्बार राती ११ः ३० बजे अस्पताल भर्ना भएका थिए।



गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको मिर्गौलामा भने कुनै समस्या नरहेको चिकित्सकहरूले बताएका छन्।

सम्बन्धित समाचार