पोर्चुगल अपडेट– कोरोना संक्रमितको संख्या ४२६८ पुग्यो, ७६ को मृत्यु तथा ४३ जना रिकभर

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको बेला नेपाली आप्रवासी अत्याधिक रहेको पोर्चुगलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २ सय ६८ पुगेको छ भने हालसम्म ७६ को मृत्यु भइसकेको छ । कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका छन् भने ७ सय २४ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालय पोर्चुगलले जनाएको छ । यसैगरी पोर्चुगलमा कोरोना संक्रमण भएका ४३ जना उपचार पछि निको भइसकेको पनि स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।

आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको पोर्चुगलमा नेपाली आप्रवासी अत्याधिक रहेका छन् । यस महामारीबाट कागजी प्रक्रियामा रहेका, महामारीबाट काम गुमाएका र काम नभएका नेपालीहरू बढी प्रभावित बनेका छन् ।



यसैबीच पोर्चुगलमा रहेका कुनै पनि नेपालीलाई यो भाइरसको संक्रमण वा आशंका वा कुनै संकेत वा समस्या देखिएमा आवश्यक (जस्तो एम्बुलेन्स, हस्पिटल वा सम्बन्धित निकायमा खबर गर्नेजस्ता कार्यका लागि) प्रारम्भिक जानकारीहरू दिने जस्ता कार्यहरूमा मद्दत पुर्याउन एनआरएनए पोर्चुगलले सहयोग समन्वय समिति (हेल्प डेक्स) गठन गरेको छ भने सामाजिक संघसंस्थाहरू तथा कसैले व्यक्तिगत रूपमा समेत मानवीय दृष्टिकोणले खाद्यान्न तथा अन्य प्रकारको सहयोग गरिरहेका छन् ।

 

सम्बन्धित समाचार