प्रसिद्ध अभिनेताको कोरोनाले लियो ज्यान

कोरोना भाइरसका कारण अमेरिका भेट्रान अभिनेता मार्क ब्लुमको मृत्यु भएको छ । स्क्रिन एक्टर गिल्डले एक विज्ञप्ति जारी गर्दै ६९ बर्षिय अभिनेता ब्लुमको निधन भएको जानकारी दिएको छ ।

न्युयोर्कको थिएटरका चर्चित अभिनेता ब्लुम कोरनाबाट मृत्यु हुने दोस्रो अभिनेता हुन् । यस अघि ८१ बर्षिय अभिनेता टेरेन्स म्याकनालीको मृत्यु भएको थियो ।



अभिनयमा अहिलेसम्म सक्रिय रहेका मार्कलाई सन १९८५ मा रिलिज भएको ‘डेसपेरेटली सिकीङ सुसान’ बाट चर्चित भएका थिए । उनी सँगै सो फिल्ममा म्याडोना र रोसाना अरक्वेटेले अभिनय गरेका थिए ।

उनका एचबियोका सिरिज सक्सेसन, नेटफ्लिक्सको ड्रामा यू र अमेजनमा मोजार्ट इन द जंगल चर्चित रहेका थिए । उनी न्युयोर्कको थिएटरमा पनि उत्तिकै सक्रिय थिए । उनको टुभेल एन्ग्री म्यान चर्चित थियो । उनी न्युयोर्कको प्लेयर विथ प्लेराइट होराइजन थिएटरमा नियमित अभिनय गर्ने गर्दथे ।

सम्बन्धित समाचार