काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन शनिबार नेपाल एयरलायन्सको वाइ १२ जहाज अवतरण गर्न लाग्दा रनवे नजिकै चिप्लिएर दुर्घटना हुन पुगेको हो ।
अवतरण क्रममा प्राविधिक समस्या आएपछि यस्तो भएको बुझिएको छ । दुर्घटनाका कारण कुनै मानविय क्षति भने भएको छैन ।
दुर्घटनामा परेका चालक दलका तीन सदस्य र दुई जना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।