अस्ट्रेलियामा ६ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ। सिडनीमा चार जना विद्यार्थी र मेलबर्नमा दुई जना गरि जम्मा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो । सिड्नीको ग्रानभिलको एउटा अपार्टमेन्टमा बस्ने तीन जना नेपाली विद्यार्थी र एक जना नर्सिङ होममा काम गर्ने साहयक नर्समा कोरोना संक्रमण पुष्टि भएको एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देब गुरुङले जानकारी गराए ।
गुरुङका अनुसार उनीहरू हाल आइसोलेसनमा रहेका छन्। एक जना नेपाली युवतीमा कोरोना देखिएपछि सँगै बस्ने अन्य दुई जनालाई पनि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको गुरुङले बताए । ग्रान्भिल क्षेत्र नेपालीहरूको बाक्लो बस्ती रहेको एरिया हो । त्यसै गरि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार मेलबर्नमा पनि एकै परिवारका तिनजनाको कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको रोपोर्ट अझै आउन बाकी छ ।
अध्यक्ष कंडेलका अनुसार उक्त परिवारमा नेपालबाट भर्खरै आएकी सालिबाट कोरोना सरेको हो जानकारि प्राप्त भएको उनले बताए । अस्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन र यस्तो परिस्थितिमा एन आर एन ए विद्यार्थीको बिषयमा निकै गम्भीर भएको अध्यक्ष कडेलले बताए ।