कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३० हजार नाघेको छ । आइतबार बिहानसम्म ३० हजार आठ सय ५१ जनाको ज्यान गएको छ । सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६२ हजार ९ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिले चीनपछि युरोप र अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अर्थात् एक लाख २३ हजार चार सय २८ पुगेको छ ।
अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।
भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।
त्यस्तै विश्वभरि भाइरस सङ्क्रमितमध्ये एक लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा ७५ हजार चार सय ४८ जना, इटलीमा १२ हजार तीन सय ८४ र स्पेनमा १२ हजार दुई सय ८५ जना निको भएका छन् ।