आजबाट धरानमा पनि कोरोना परीक्षण

आइतबारबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोभिड–१९ कोरोना भाइरसको परीक्षण गरिने भएको छ । कोरोना परीक्षणका लागि सरकारले आवश्यक किट र अन्य सामाग्री उपलब्ध गराएपछि आइतबारदेखि परीक्षण सुचारु गर्न लागिएको प्रतिष्ठानका मेडिशन विभाग प्रमुख प्रा।डा संजिव शर्माले जानकारी दिए ।

प्रतिष्ठानमा भएका विभिन्न अनुसन्धान सामग्री र सरकारले पठाएको किट लगायतका आवश्यक सााग्रीका आधारमा प्रतिष्ठानको ल्वाबलाई स्त्तरोन्नती गरी कोरोना संक्रमणको स्वाब परीक्षण गर्न लागिएको डा। शर्माले बताए ।



प्रतिष्ठानमा भएका दुईवटा र सरकारले उपलब्ध गराएको एउटा गरी तीनवटा बायोसेफ्टी क्याविनेट टीको मद्दतले कोरोनाको परीक्षण गर्न लागिएको प्रतिष्ठानका प्रवक्ता डा। अशोक ऐरले बताए। उनका अनुसार प्रतिष्ठानको बामाईक्रोबाईलोजी विभागका प्रमुख प्राडा. जसोदा खनाल, डा।नारायण भट्टराई लगायतका चिकित्सक र ल्वाब टेक्निशियनको टिमले कोरोना परीक्षण गर्नेछन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, समाजिक विकास मन्त्री जीवन घिमिरे लगायतको टिमले स्थलगत निरीक्षण गरे पश्चात परीक्षण सुचारु गरिने प्रतिष्ठानका निर्देशक डा। गौरीशंकर साहले जानकारी दिए ।

धरानमा कारोना परीक्षण हुने भएपछि बिरामीको परीक्षणका लागि सहज हुने भएको छ ।

सम्बन्धित समाचार