नेपाल कोरोना महामारीमा फस्न लाग्यो भन्दै प्रचण्डले लेखे चिनियाँ राष्ट्रपति सीलाई यस्तो पत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्टपति सी जिनफिगलाई पत्र पठाउदै कोरोना नियन्त्रणमा सफल भएकोमा बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले राष्ट्रपति सीलाई गत मार्च २६ मा पठाएको पत्रमा कोरोना महामारी नियन्त्रणमा चीन सफल भएकोमा बधाई दिएका हुन् ।

‘चीनले कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मिडियाहरुका समाचारबाट थाहा पाएको छु । यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन्छु’ अध्यक्ष प्रचण्डले पत्रमा भनेका छन् । त्यस्तै, प्रचण्डले राष्टपति सीलाई कोरोनाको महामारीसँग जुध्न नेपाललाई औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न पनि आग्रह गरेका छन् ।



महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै अध्यक्ष प्रचण्डले आवश्यक सामग्री सहयोग गर्न अनुरोध समेत गरेका छन् । उनले नेपाल कोरोना महामारीको चपेटमा पर्न थालेको र महामारीसँग जुध्न पूर्ण तयारी गरिनसकेको बताउँदै त्यसका लागि तत्काल मेडिकल सामाग्रीको आवश्यक रहेको पत्रमा उल्लेख गरेका छन् ।

कोरोना भाइरसबाट चीनमा ८१ हजार ४ सय ३९ जना मानिस संक्रमित भएका थिए । तीमध्ये तीन हजार तीन सयको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट अहिलेसम्म करिब ३२ हजार मानिसको ज्यान गइसकेको छ ।

यस्तो छ प्रचण्डले सीलाई लेखेको पत्र:

सम्बन्धित समाचार