लकडाउन उल्लंघन गर्ने ७४० जना बिहानै पक्राउ, ३ घण्टा सडकमै उभ्याइने

सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ३ घण्टा उभ्याएर कारबाही गरिने भएको छ । यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको थियो ।

तर आजबाट भने थप एकघण्टा बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिन थालिएको प्रहरीले जनाएको छ ।



अत्यावश्यक कामबिना सडकमा निस्किएकालाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको हो । आज बिहान ७ बजेसम्ममा काठमाडौं, ललितपुर र भक्तपुरबाट ७४० जना पक्राउ परेका छन् ।

सम्बन्धित समाचार