कोरोना त्रास : विदेशबाट फर्किनेको जानकारी दिनेलाई पुरस्कार !

कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिम कम गर्न यहाँ हालसम्म ३४१ शैंयाको क्यारेन्टाइन र ४८ शैंयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

सबै स्थानीय तहले आफ्नो गाउँपालिकामा क्यारेन्टाइन र आइसोलेसन कक्ष तयार गरेका छन् । एक नगरपालिका सहित ८ स्थानीय तह रहेको यस जिल्लामा हाल सम्म दुई जनाको स्वाब परीक्षणको लागि पठाईएको छ भने क्वारेनटाइनमा एक जना पनि राखिएको छैन ।



वैदेशिक रोजगारीबाट आएकाको एकिन विवरण नभएपनि १४ जनालाई जिल्ला अस्पताल फाप्लुका चिकित्सकको प्रत्यक्ष निगरानीमा सेल्फ होम क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनका अनुसार हरेक दिन स्वास्थ्यकर्मीले टेलिफोन गरी स्वास्थ्य अवस्था बुझ्ने काम गरिरहेका छन् । विदेशबाट आउनेको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

जिल्लाको एक मात्र सोलुदूधकुण्ड नगरपालिकाले तीन वटा ८४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको छ । स्वास्थ्य संयोजक चमर मगरका अनुसार जिल्ला अस्पताल फाप्लुमा सात शैंयाको आइसोलेसन कक्ष निर्माण भएको र नगरपालिकसँग १०७ थान पिपिइ र ३ थान गन फर फिवर रहेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकाले प्रत्येक वडामा १५–१५ शैंयासहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच शैंयाको आइसोलेसन कक्ष निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । बैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको उनले जानकारी दिए ।

टोल–टोलमा माईकिङ गरेको गाउँपालिकाले बैदेशिक रोजगारीबाट आएकाको बारे जानकारी दिन व्यक्तिलाई रु।५ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ भने अति विपन्न परिवारलाई खाद्यन्न राहत प्रदान गर्ने निर्णय गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उद्धब ढुङ्गनाका अनुसार तीन थान पिपिइ, ३ थान गन फर फिवर र केही औषधि रहेका छन् । नेचासल्यान गाउँपालिकाले १४ श्ययाको क्वारेन्टाइन र १३ शैंयाको आईसोेलेसन कक्ष निर्माण गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

सम्बन्धित समाचार